Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका छन् ।

त्यसबारे छलफल गर्न आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । यही बैठकबाट कांग्रेस सत्ता पक्षको बेन्चमा र नेकपा एमाले प्रतिपक्षीको बेन्चमा सर्ने तयारी छ ।

यसअघि १७ फागुनको बैठकमा दुवै प्रतिपक्षको बेन्चमा बस्ने स्थिति आएपछि उक्त बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np