Global Force Media

२०८१ माघ ९ - Wed Jan, 2025 -

हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

चितवन– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारमा वामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ । उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस् भन्नेमा सचेत रहेको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरूलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए ।

उनले चितवनमा केरा किसानहरूलाई क्षतिपूर्ति दिने विषयमा छलफल भइरहेको जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np