Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

भोलि शतप्रतिशत सांसदको मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

भोलि शतप्रतिशत सांसदको मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९।२५ थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि गत पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक जना सांसद बाहेक सबै दलका तर्फबाट विश्वासको मत प्राप्त गरेका थिए ।

त्यसबेला विश्वासको मत दिएका र सरकारमा सहभागीसमेत भएका नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेको छ । दुवै दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् ।

सरकारमा सहभागी दलले नै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा पुनस् विश्वासको मत लिन लागेका हुन् । तर, प्रचण्डले विगतमा भन्दा पनि धेरै अर्थात्, शतप्रतिशत विश्वासको मत पाउने आश रहेको बताएका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np