Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

तातोपानी नाका दोहोरो खुलेपछि सांसद सापकोटाले भने- फेरि अर्को खुसी थपियो

काठमाडौँ- नेपाल र चीनबीचको व्यापारिक तातोपानी नाका दोहोरो रुपमा सञ्‍चालन भएको छ । मजदुर दिवसको अवसर अर्थात आजबाट सिन्धुपाल्चोकको तातोपानी नाका दोहोरो रुपमा सञ्‍चालन भएको हो ।

‘नेपाल र चीनबीचको व्यापारिक तातोपानी नाका दोहोरो सञ्चालन सुरुवात भएको सुखद अवसरमा सम्पूर्ण सिन्धुपाल्चोकबासी, विशेष गरी क्षेत्र नं १ का बासिन्दाहरूलाई बधाई ज्ञापन गर्न चाहन्छु’ सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का सांसद तथा नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा सुबोधले भने ‘यसअघि चीनतर्फबाट मात्रै सामाग्री आयात हुँदै आएकोमा दुइदेशबीच भएको सहमतीअनुसार आजदेखि नेपालबाट पनि चीनतर्फ सामग्री निर्यात सुरु भएपछि यसले हामीमा फेरि अर्को खुसी सञ्चारित भएको छ ।’

सुबोधका अनुसार मंसिर ४ मा सम्पन्न संघीय निर्वाचनका क्रममा अरनीको राजमार्ग वरपर र खासगरी तातोपानी नाकासँग प्रत्यक्ष सरकोकार राख्ने क्षेत्रका बासिन्दसँग नाकालाई पूर्ववत सञ्चालनका लागि सबैखाले पहल गर्ने प्रतिवद्धता जनाइएको थियो । निर्वाचन लगत्तै २०७९ पुस ५ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री ज्यूलाई सवद्ध व्यक्तित्वहरूसहित भेटगरी यसबारे ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

‘संघीय संसदमा २०७९ माघ ५, विशेष समय लिएर पहिलो सम्बोधन मै तातोपानी नाकालाई पूर्ववत सञ्चालनमा ल्याउन सदन र सरकारको विशेष रुपमा ध्यानाकर्षण गराएको थिएँ । २०८० वैशाख ५ गते आकस्मिक समय लिएर लिपिङ क्षेत्रमा नेपालतर्फ अध्यागमन कार्यालय र कर्मचारीको व्यवस्था गरी मानव आवत जावतको कुटनीतिक पहल गर्न फेरि सरकारको ध्यानाकर्षण गराएँ’ सुबोधले भने ‘२०८० वैशाख १३,संसदमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजि श्रेष्ठको वक्तव्यपछि प्रश्नोत्तरका क्रममा तातोपानी नाका सञ्चालनका लागि नेपाल सरकारबाट गरिएको तयारी र अध्यागमन कार्यालय व्यवस्थापनबारे जिज्ञासा राख्दै तत्काल यसतर्फ पहल लिन ध्यानाकर्षण गराएका थिएँ । यस अवधिमा नाकाको दोहोरो सञ्चालनका लागि चिनियाँ पक्षसँग औपचारिक एवं अनौपचारिक तवरबाट कुटनीतिक पहल पनि भइरहेको छ ।’

‘चीनसँगको ऐतिहासिक एवं महत्वपूर्ण व्यापारिक नाका दोहोरो सञ्चालनका लागि पहल र प्रयत्नका लागि सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डज्यू, माननीय उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, निवर्तमान सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाज्यू, अर्थ, गृह, वाणिज्य र परराष्ट्र लगायत मन्त्रालयका अधिकारीहरू, चीनस्थित नेपाली कुटनीतिक नियोगका अधिकारीहरू, सञ्चारकर्मीहरू लगायत सबैमा विशेष आभार व्यक्त गर्दछु’ उनले भने ।

कुटनीतिक भेटघाट एवं उच्चस्तरका पहलका क्रममा प्राप्त सूचना र प्रतिवद्धताअनुसार निकट भविष्यमै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण रुपमा सुचारु हुने सुबोधले बताए । नेपालतर्फ लिपिङस्थित अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापन, बाह्रविसे–लिपिङ सडक खण्डको मर्मतस्तरोन्नति लगायतका अत्यावश्यक तयारीसहित नाकाको पूर्ण सञ्चालनका लागि निरन्तर पहलकदमी लिइराख्ने प्रतिवद्धता उनले जनाए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np