Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

हेलिकप्टर दुर्घटनामा पाइलट र एक स्थानीय घाइते

संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा दुई जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् ।

पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनाग्रस्त भएको थियो ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । उद्धारका लागि नेपाल आर्मी र प्रहरी पुगिसकेको प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np