Global Force Media

२०८१ बैशाख १२ - Wed Apr, 2024 -

‘ह्यासट्याग माया’ को मुहूर्त, आगामी सातादेखि छायांकन

काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’को शुभमुहूर्त गरिएको छ । शुक्रबार बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो ।

राजीव गुरुङको निर्देशन रहने फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय छ ।

फिल्मको छायांकन आउँदो साताबाट सुरु हुनेछ । निर्देशक गुरुङले फिल्मको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए । ४५ दिनको छायांकन सेडुल रहेको फिल्ममा प्रेमकथामा बन्न लागेको हो । फिल्मको निर्माता शर्मिला थापा हुन् ।

फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन र अनुप पौडेलको कार्यकारी निर्माण रहनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np