Global Force Media

२०८१ बैशाख २२ - Sat May, 2024 -

कांग्रेस पार्टी कसैको निजी मामला हाेइन : गुरु घिमिरे

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा कांग्रेस रूपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले कांग्रेस पार्टी कसैको निजी मामला नभएको बताएका छन् ।

दाङको घोराहीमा आइतबार नेपाली कांग्रेस रूपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले पार्टीमा कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताए । गोजीबाट नेता छान्ने, टिकट बाँड्ने गर्न नपाइने भन्दै नेता घिमिरेले पार्टी विधिमा चल्नुपर्ने बताए ।

उनले वीपी कोइरालाले स्थापना गरेको पार्टी अहिले कुनै व्यक्तिको निजी मामला बनेको भन्दै सच्चा कार्यकर्ताहरू अब बोल्ने बेला आएको उल्लेख गरे । पार्टीको केन्द्रीय बैठक लामो समयदेखि नबस्दा नेताहरू बाहिर बोल्न बाध्य भएको उनको भनाइ छ । पार्टीको रूपान्तरणका लागि देशभरीका कार्यकर्ता जुट्न समेत घिमिरेले आग्रह गरे ।

यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेस नेता रञ्जित कर्णले वीपीको विचारलाई अपमान गर्नेहरूले वीपीको फोटो राखेर कार्यक्रम गर्न नपाउने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np