पिकनिक खान गएका एक किशोरको नदीमा डुबेर मृत्यु

कैलाली । धनगढीबाट पिकनिक खान गएका एक किशोरको नदीमा डुबेर मृत्यु भएको छ। गोदावरी नगरपालिका–११ कोलमुडामा मछेली नदीमा डुबेर धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने १५ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथीहरु संगै मछेली नदीमा पौडी खेल्ने क्रममा लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। पौडी खेल्दा वेपत्ता भएका उनको खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।