Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बदलिएको कांग्रेसले मात्रै मुलुक बदल्न सक्ने बताएका छन्।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंं महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश बदल्न सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए।

उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए। उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउन पार्टीलाई फरक ढंगमा चलाउनु पर्ने जिकिर गरे।

‘कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर, देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली कांग्रेसले आफूलाई बदल्छ। बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्छ,’ उनले भने, ‘कांग्रेस अहिले जसरी चलेको छ। त्यसरी नै चल्ने हो। ठिक भएर चलेको छ भनेर मान्दैनौं भने कांग्रेस दुर्घटनामा जान्छौं। हामी जसरी चलिरहेका छौं। यो भन्दा भिन्न ढंगबाट चल्नुपर्छ। चल्न सक्छौं। कांग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं।’

उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए।

‘कहिले काँही जग बदल्नुपर्छ। कहिलेकाँही झ्यालबाट बदल्नुपर्छ। धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ। जे कुराको समस्या हुन्छ त्यो बदल्नुपर्छ। त्यो बदल्दै ठिक बनाएर जाने हो,’ उनले भने, ‘कांग्रेस हाम्रो घर हो। हाम्रो जीवन लागेको छ। देशमा अफ्ठेरो परेको बेला कांग्रेसले ठिक ढंगले देशलाई समालेन भने देशको अर्को १० देखि १५ वर्ष जान्छ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np