Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् पुर्याउने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री बस्नेतले हालसम्म ९६ प्रतिशत नेपालीहरूको पहुँचमा विद्युत् पुगेको उल्लेख गर्दै आगामी २ वर्ष भित्रै सबैले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउने गरी योजना बनाइएको र त्यसलाई कार्यान्वयनमा लगिने बताए । उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका आगामी दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेका दाबी समेत गरे ।

मन्त्री बस्नेतले विद्युत् खपतका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउने र खाना पकाउने एलपी ग्यासको परनिर्भरता घटाउँदै लैजाने सरकारले नीति रहेको स्पष्ट पारे ।

मन्त्री बस्नेतले मुलुकलाई आत्मनिर्भर हुने गरी विद्युतको उत्पादन र बजारीकरणको कामलाई सरकारले प्राथमिकता दिएको पनि बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np