Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

पशुपतिमा राखेको जलहरीको तौल १०७ किलो ४७ ग्राम!

पशुपतिमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरी झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो।

उक्त सुन जोख्दा १०७ किलो ४७ ग्राम रहेको स्रोतले जानकारी दियो।

सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो। नेपाली सेना परिचालन गरेर सुन जोखिएको थियो।

जलहरी जोखेका बेला भक्तजनहरूलाई मन्दिर दर्शनका लागि रोकसमेत लगाइएको थियो।

गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पशुपति पुगेर जलहरी जोखेका हुन्।

जलहरी जोख्ने ठाउँमा सिसिटीभी जडानसमेत गरिएको थियो।

पशुपतिमा जलहरी राख्न नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको थियो। जलहरी छिटो खिइन नदिन त्यसमा २ किलो ८ सय ८८ ग्राम तामा, चाँदी १ किलो २ सय ५३ ग्राम र १२ ग्राम ७५ मिलिग्राम जिन्कसमेत राखिएको थियो।

Ncell
जलहरीको कूल तौल ९६ किलो ८ सय २२ ग्राम थियो।

१० किलो ९ सय ७६ ग्रामको रिङ हालिएको थियो। महालेखा परीक्षकको प्रतिवेदनले रिङ बनाउने काममा प्रयोग भएको सुनको परिमाण पुष्टि हुने विवरण पेश नभएको उल्लेख गरेको थियो।

जलहरी र रिङ गरी कूल १०७ किलो ७ सय ९८ ग्रामको सुन र अन्य धातु प्रयोग भएको पाइएको छ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np