Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

देशवासीलाई प्रधानमन्त्रीको आह्वानः धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गरौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न आह्वान गरेका छन्।

धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अबलम्बनमार्फत दीगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन् दिशामा योगदान गर्न आह्वान गरेका हुन्।

उनले देशमा धानको उत्पादन बढाउन सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरेको भएपनि धानको बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धानचामल आयात वर्षेनी बढेको बताए।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको र यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन ने र यसले खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्ने देखिएको बताए।

‘त्यस्तो अवस्था आउन नदिन जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझै व्यवस्थित बनाउने र यसको गति बढाउन आवश्यक छ,’ शुभकामना सन्देशमार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

उनले धान दिवसका अवसरमा धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रीत हुन देशवासीलाई अनुरोध गरेका छन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np