Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

गगन थापाले भने – काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् ।

एउटै व्यक्ति ५÷६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए ।

नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे । उनले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे ।

दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो । महामन्त्री थापाले काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो । कुनै व्यक्तिको दोष होइन । तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन । सबै ठाउँमा हुन्छ । यो डेमोक्रेसीमा कि लगातार चुनाव जितेको जित्यै हुन्छ । पार्टीहरु त्यसरी बन्दैन । पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ । हामी कहाँ एक्जिटको व्यवस्था गरिएन । आन्दोलनको बेलामा पनि एक्जिट हुँदैन । म उमेरको पनि कुरा गर्दिन । काँग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ । हामी अमेरिकाको बाईडेनको कुरा गर्छौं । उमेर पनि होइन । त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढि राष्ट्रपति नहुने परम्परा पनि छ नि त । प्रत्येक देशले केही न केही परम्परा बनाएको हुन्छ । कि दुई पटक भन्दा बढि राष्ट्रपति हुँदैन । बेलामा व्यक्ति चुनाव लडछ । चुनाव लडदै गर्दा पार्टीले संसदीय दलको नेता छान्छ । उसको नेतृत्वमा पार्टी चुनावमा जान्छ । पार्टीे बहुमत ल्याएन भने त्यो मान्छे भोलीपल्टबाट राजनीतिमा बस्दै बस्दैन । एक पटक प्रधानमन्त्री छोडेपछि ऊ फर्केर प्रधानमन्त्री हुन आउँदैन बेलायतमा । प्रत्येक देशले यस्तो केही न केही परम्परा बनाएका छन के । पद्धति बनाएका छन । अनि मात्र डमोक्रेसी चल्छ । अनि नेपालमा त्यो परम्परा बसाउनु परेन । नेपालमा त्यो परम्परा कसले बसाउँछ ? अनि यो परम्परा र थिति बसाउने पार्टी काँग्रेस होइन ? अनि काँग्रेसले थिति बसाउनु परेन ? कहिले काँही व्यक्ति कुरा ग¥यो भन्छन मान्छेहरु । व्यक्तिगत कुरा गरेको होइन । मैले नेपाली काँग्रेस भित्र भोली मेरो हकमा पनि त्यो कुरा लागू हुन्छ । मैले नेपाली काँग्रेस भित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो । किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको । यो कुनै गुटको कुरा होइन । कुनै आदरको कुरा होइन । सुरु गरौ न । खुला छलफल गरौं । नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ? यो ग¥यौं भने मलाई अहिलेपनि के विश्वास छ भने कोही साथीहरु आत्तिनु पर्र्दैन । अघि नै यहाँ चर्चा भएको छ । आजको दिनमा नेपाली काँग्रेसले आत्मनिन्दा गरेर, काँग्रेस सक्कियो भनेर छाति पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन । सक्किएको छैन । कसैले सक्काएर सकिदैन । राजाले सकेन, माओवादीले सकेन । बन्दुकले सकेन । कसले सक्छ ? सकिन्छ यो ? त्यसैले यो आत्मा निन्दा गरेर पनि नहिँडौं । हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौं । नेपाली काँग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन । अहंकार पालेर पनि हुँदैन । काँग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो । आफ्नो बारेमा समिक्षा गर्नु प¥यो । काँग्रेस बदलियो भने बदलिएको काँग्रेसले देश बदल्छ हेर्नोस् । यो देश बदल्नै पर्छ । बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ । तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ । ’

महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुटनुपर्ने बताए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np