Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

बहुविवाहको आरोपमा महोत्तरीका एक वडाध्यक्ष पक्राउ

जनकपुरधाम । बहुविवाह गरेको आरोपमा महोत्तरीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले मंगलबार बेलुका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह गरेको आरोपमा पक्राउ गरेको हो ।

वडाध्यक्ष महतोलाई उनका जेठी श्रीमती ललितादेवी महतोले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।

वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np