Global Force Media

२०८० आश्विन १७ - Wed Oct, 2023 -

शेखरलाई विश्वप्रकाशको जवाफ- अन्य दलबारे नबोल्नू भनेको छैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्य दलबारे नबोल्न केन्द्रीय सदस्यहरूलाई नभनिएको बताएका छन्।

केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रीय समिति बैठक लाइभ भएको र महामन्त्रीले अन्य दलबारे नबोल्न भनेको केन्द्रीय समितिमै बताएका थिए।

कोइरालाले प्रश्न उठाएपछि सोमबारको केन्द्रीय समितिमा जवाफ दिँदै महामन्त्री शर्माले भने, ‘मैले चिट दिएको हुँ, तर त्यो चिटमा अन्य दलका बारेमा नबोल्नू भनेको छैन।’

केन्द्रीय सदस्यलाई दिएको चिट शर्माले केन्द्रीय समिति बैठकमै देखाएका थिए।

‘आवश्यकताअनुसार अन्य दलको पनि चर्चा हुन्छ,’ उनले भने।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np