Global Force Media

२०८० आश्विन १७ - Wed Oct, 2023 -

शैल्यशिखरका निमित्त प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायत सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उक्त नगरपाकिाको ७ र ८ नं वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले आज मुद्दा दायर गरिएको हो ।

आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ । यस्तै इन्जिनियर सन्तोष पाण्डेविरुद्ध रु ११ लाख ३० हजार दुई सय ७२, तत्कालीन अर्का इन्जिनियर राजेन्द्रसिंह धामीविरुद्ध रु १४ लाख ७२ हजार दुई सय ८३, सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गरेको छ ।

यस्तै बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np