Global Force Media

२०८१ बैशाख २५ - Tue May, 2024 -

माओवादीको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ।

कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार तेस्रो दिनको बैठक सुरू भएको हो।

आजको बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो दिन प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

प्रचण्डको प्रतिवेदनमाथि अहिलेसम्म ७४ जनाले धारणा राखिसकेका छन्। पहिलो दिन १८ जना र बिहीबार ५६ जनाले धारणा राखेको उपाध्यक्ष तथा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छ्न।

यसपालि सबै केन्द्रीय सदस्यहरूलाई बोल्न दिने माओवादीको तयारी छ।

केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय निर्धारण गरिएको छ।

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, विभिन्न आयोगका पदाधिकारी र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन्। बैठक साउन २१ सम्म चल्नेछ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np