Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

नेता–कार्यकर्ताहरू एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्छ : झलनाथ खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयिक विषयहरू लिखित रूपमा पेस गर्दै खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमालेभन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा संगठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्ने खनालको भनाइ छ ।

खनालले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरीहरूलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्ने समेत उल्लेख गरेका छन् । स्थायी कमिटी बैठकमा भाद्रमा हुने केन्द्रीय कमिटीमा पेस हुने विभिन्न राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका विषयमा सुझाव लिइएको नेकपा (एकीकृत समाजवादी)का नेता गंगालाल तुलाधरले जानकारी दिए ।

एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको र महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजहरूलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने उनले बताए । तुलाधरले सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकमा धारणा राख्नेहरूले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केही लामो भएको तुलाधरले जानकारी दिए ।

तुलाधरले माघको दोस्रो साता पार्टीको महाधिवेशन गर्ने र त्यस अवधिसम्म १ लाख सदस्य बनाउने लक्ष्य पुरा गर्ने गरी अघि बढेको उल्लेख गरे । उनले सदनलाई सहज रूपमा अघि बढाउने र प्रभावकारी बनाउनका लागि पार्टीको भूमिकाका बारेमा पनि बैठकमा कुराकानी भएको जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np