Global Force Media

२०८१ जेष्ठ ५ - Sat May, 2024 -

गृहमन्त्री श्रेष्ठले भेटे कांग्रेस सभापति देउवालाई

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेका छन्।

देउवाको सचिवालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार साँझ धुम्बाराही पुगेका थिए। देउवा र श्रेष्ठबीच केहीबेर छलफल भएपनि के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन।

शुक्रबार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसका सांसदहरूलाई पक्राउ गरेको बताएका थिए।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सांसद सुनिल शर्मा पक्राउ परेपछि सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसलाई टार्गेट गरेको आशंका व्यक्त गरेका थिए।

सभापति देउवाले भने यस विषयमा बोलेका छैनन्।

कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएपछि गृहमन्त्री श्रेष्ठ धुम्बाराही पुगेका हुन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np