Global Force Media

२०८१ बैशाख २५ - Tue May, 2024 -

फ्रान्सलाई सडन डेथमा हराउँदै अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्रिसबनमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा फ्रान्सलाई ७-६ ले हरायो । अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

सुटआउटमा दुवै टिमले १०-१० पेनाल्टी प्रहार गरेका थिए । तर अष्ट्रेलियाका कोर्टनी भिनले प्रहार गरेको अन्तिम पेनाल्टी जितका लागि निर्णायक बन्यो । त्यसअघि फ्रान्सकी भिक्की बेहकोको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

अष्ट्रेलियाकी गोलकिपर म्याकन्जी आर्नोल्डले ३ पेनाल्टी प्रहार बचाइन् । तर उनै आफैँ भने गोल गर्न असफल रहिन् ।

अष्ट्रेलियाले अब फाइनल प्रवेशका लागि शनिबार नै हुने इंग्ल्याण्ड र कोलम्बियाबीचको अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np