Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

भीमदत्त राजमार्गमा दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने

कैलाली- अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गमा दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने देखिएको छ ।

गत सोमबार रातिदेखि बन्द भएको ​सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्गमा आंशिक सवारीसाधन सञ्चालनमा आए पनि दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने देखिएको हाे ।

बाढी र पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा सडक खण्ड सोमबार रातिदेखि अवरुद्ध थियो ।

सडक विभाग र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासपछि भासिएको सडक मर्मत संभार गरेर सिंगल ट्रयाक भने शनिबार खुलेकाे छ ।

पहाडी जिल्लाबाट आएका सवारी साधनहरूलाई शनिबार एक/एक गरी तल झार्ने प्रयास गरिएको र भूस्खलन भएको सडकबाट एउटै गाडी निकाल्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । उनका अनुसार वर्षा नरोकिए पूर्ण रूपमा सडक सञ्चालन हुन अझै समय लाग्ने छ ।

पहाडी जिल्लाहरूबाट तराई जानका लागि आएका सवारी साधनहरू सडक हिलाम्य भएका कारण माथि उक्लिन सक्ने अवस्था नरहेको बताउँदै डिएसपी चन्दले पूर्ण रूपमा सडक सञ्चालनमा आउन केही समय लाग्ने उल्लेख गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np