Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

जता हेर्‍यो भताभुङ्ग छ, देशको अवस्था हेर्दा आँसु आउँछ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने बताएका छन् । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलमा कोइरालाले यस्तो बताएका हुन् ।

‘न त हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केहि छैन’ कोइरालाले भने ।

‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ?’ कोइरालाले प्रश्न गरे ।

छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको साख गिरेको बताए ।

सहभागीहरूले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सिमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरु गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।

छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था बताए । कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरुसँग आग्रह गरे।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np