Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : सापकोटा

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ सापकोटाले विश्वकै लागि मोडेलको रूपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्दै त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । ‘धेरै ठुलो कुर्बानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि समानुपातिक समावेशी सिद्धान्त, जो ल्याएका छौ । यो धेरै ठुलो र महत्त्वपूर्ण कुरा छ’, उनले भने, ‘तर यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरू भइरहेका छन् ।तर ती प्रयासलाई असफल पार्नुपर्छ, असफल हुन्छन् ।’

नेता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रगमनका पक्षधर शक्तिहरूबिच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np