Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिन्छ : मन्त्री खड्का

बुटवल- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रूपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले तत्काल देखिएका समस्या चाँडै समाधान गर्ने बाटोमा अघि बढ्ने बताएका हुन् । उनले अहिलेको स्रोतसाधनले भ्याएसम्म र ऐन कानुनले अप्ठ्यारो नपार्ने अवस्थामा चाँडै नै समाधान गर्ने बाटोमा अघि बढ्ने जिकिर गरे ।

उपप्रधानमन्त्री खड्काले विमानस्थलबारे उचित तरिकाले टुंगो लगाउन नसकिएको बताए । उनले पर्यटकको ओइरो लाग्ने, आर्थिक उन्नतिको आधार बन्ने ठूलो सपना देखेर नै विमानस्थलमा धेरै ठूलो लगानी भएको उल्लेख गरे । उनले भने, ‘यस विषयमा सम्माननीय प्रधानमन्त्रीसँग पनि कुराकानी गर्नेछु । काठमाडौँमा पनि पटकपटक यसबारे कुरा उठ्ने गरेको छ । यसबारे सरकार र पार्टी केन्द्रको पनि नेताहरूले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।’

मुलुकको अर्थतन्त्रले अनुमति दिन नसक्ने कुराबाहेक संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन सबै अगाडि बढ्ने र चाँडै नै संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति समेत रहेका खड्काले कांग्रेस जनताको सुख र दुःख दुवैमा साथी रहेको बताए । उनले कांग्रेसको सिद्धान्त र विचारसँग जनताको कुनै प्रश्न नरहेको दाबी गरे । उपसभापति खड्काले भने, ‘जिम्मेवारीमा रहेका नेताहरूसँग जनताको गुनासो छ ।’

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np