सभामुख देवराज घिमिरेले कानूनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

प्रतिनिधिसभाको आजको बैठकमा पेश हुने एजण्डाको विषयमा संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा सभामुख देवराज घिमिरेले कानूनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।
आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।



