Global Force Media

२०८१ भाद्र २५ - Tue Sep, 2024 -

संसद बैठक ५ भदौसम्म स्थगित

काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

दुबै बैठकमा नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान राखेको थियो । सरकार पनि उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडानमा छ ।

दुबै पक्ष आआफ्नो अडानबाट पछि नहटेपछि संसदको अवरोध नहटेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब ६० किलोग्राम सुन (गालेपछिको तौल) २ साउनमा सिनामंगलबाट बरामद भएको थियो । नेकपा एमालेले उक्त सुन भन्सार पास भएर आउनुमा गृहमन्त्री र अर्थमन्त्री पनि दोषी रहेको दाबी गर्दै उनीहरुमाथि पनि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि संसद बैठक अवरोध गर्दै आएको छ ।

हेर्नुहोस् सूचना

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np