Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याबारे दिर्घकालीन समाधानको उपाय खोज्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याका बारेमा दिर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । प्रधानमन्त्री दाहालले शनिबार बिहान नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा सो कुरा बताएका हुन् ।

छलफलमा सांसदहरुको टोलीले नुवाकोटको विकासको मेरुदण्डको रुपमा रहेको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडकखण्डको स्तरोन्न्ती र तत्काल कालोपत्रे गर्न पहल गरिदिन माग गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सो राजमार्गका विषयमा आफू जानकार रहेको बताउँदै कालापत्रेका लागि आन्तरिक स्रोत जुटाएर भएपनि यो वर्षनै काम सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन् ।

भेटमा सांसद अर्जुननरसिंह केसीले पासाङ ल्हामु राजमार्ग का साथै बन्चरेडाँडा ल्याण्ड्फिल साइटकाबारेमा सरकार गम्भीर नभए आफू संसद भवनभित्रै आमरण अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले त्यो परिस्थिति आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np