Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

आजको विदेशी मुद्रा विनिमय दर, बेलायती पाउन्ड १६८ रूपैयाँ बढी

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसामा खरिदबिक्री हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसामा काराेबार हुदाँ साेमवार अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ४४  पैसा र बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा तथा क्यनेडियन डलर खरिदमा ९७ रुपैयाँ ७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५१ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९ रुपैयाँ भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसामा खरिदबिक्रीकाे अनुमति दिइएकाे छ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम गरिदिएकाे छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.१० पैसा र विक्रीदर ४३१.४ पैसामा काराेबार हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np