Global Force Media

२०८१ फाल्गुन ५ - Mon Feb, 2025 -

चुनावी र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ ।

पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।

ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् । यस घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् ।

गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलमै सुरक्षाकर्मीले गोली हानेका थिए । र उनको मृत्यु भएको बताइएको छ ।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफु सुरक्षित रहेको बताउँदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np