Global Force Media

२०८१ बैशाख १८ - Tue Apr, 2024 -

कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका हुँदैन : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् ।​ शनिबार ललितपुरमा आयोजित विद्युत् विधेयकसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने भएकाले आफूहरू प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले विद्युत् विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भए पनि त्यसलाई राष्ट्रिय हित अनुकूल हुने गरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

ओलीले कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np