Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल

ढोरपाटन (बागलुङ)- चाडबाड सुरु भएसँगै बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । वर्षा याममा सुनसान बनेका पर्यटकीय क्षेत्रमा दसैँ सुरु भएपछि पर्यटकको चहलपहल बढेको हो ।

पुग्न थालेका हुन् । यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ । बागलुङको मुख्य धार्मिक पर्यटकीय स्थलका रूपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै झक्तजनको घुइँचो लागेको थियो । दशमीसम्म यहाँ आउने भक्तजनको भीड नै लाग्ने गर्छ ।

बागलुङ कालिका मन्दिरसँगै नेपालको सबैभन्दा लामो बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने झोलुङ्गे पुल, पञ्चकोट, शालीग्राम सङ्ग्रहालय, ढोरपाटनलगायत गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ  ।

नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पनि यो समयमा धेरै बाह्य पर्यटक आएको स्थानीय निमबहादुर घर्तीले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै पर्यटक भित्रिएका उनी बताउँछन् । ढोरपाटनमा पर्यटकका लागि आवास र भोजनको उचित व्यवस्थापन हुन थालेपछि पाहुना बढ्दै गएका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np