Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने

१४ कात्तिक, काठमाडौं । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् ।

महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गरेक थिए ।

सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्ने सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ ।

महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np