Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

देशलाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरूको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके पाल राष्ट्रलाई विदेशीहरूको क्रिडास्थल बनाउन सकिने मनसायले नेकपा एमालेमाथि प्रहार भइरहेको जिकिर गरे । उनले सत्तामा रहनेहरूको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरूको निशानामा र प्रतिगामीहरूको निशानामा नेकपा एमाले किन ? भन्दै प्रश्न गरे ।

उनले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गरे । उनले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको बताए ।

महासचिव पोखरेलले राष्ट्र निर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले सम्बद्ध युवा विद्यार्थी संगठनहरू जुर्मुराएको बताए । उनले मंसिर ७ एक किसिमले नेकपा एमालेका वार्मअप मात्रै भएको बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np