Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

युवा संघले निकाल्याे मशाल जुलुस

 

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौँमा मशाल जुलुस निकालेको छ ।​ मंसिर ७ गते गर्न लागेको वृहत् प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा मशाल जुलुस निकालेको हो ।

मशाल जुलुसमा सहभागीहरूले सरकार विरोधी नारा लगाएका थिए । भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो । प्रदर्शनका कारण केहीबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो । युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौँमा भेला आयोजना गरेको थियो । भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई सशक्त बनाउन निर्देशन दिएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np