Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

नक्कली मदिरा बिक्री वितरण गर्ने गिरोहका नाइके तेस्रो पटकमा पक्राउ

दुई तले घरमा बनेका नक्कली मदिरा पार्टी प्यालेसमा पुग्थे

काठमाडौँ- नक्कली मदिरा विक्री वितरण गर्ने गिरोहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रकाउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले नौ जनालाई पक्राउ गरी सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बुधबार अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी नक्कली मदिरा विक्री वितरण गर्ने समूहलाई सार्वजनिक गरेको छ । उनीहरूले नक्कली खुकुरी रम, गोल्डेन ओक, फाइटर, सिग्नेचर र ३६५ ब्ल्याक विक्री वितरण गर्थे ।

प्रहरीले गोल्डेन ओक ६३ बोतल, ८८४८ भोड्का ४८ बोतल, फाइटर डिलक्स बोल्न्ड ९ सय बोतल,  ३६५ ब्ल्याक ९६ बोतल, खुकुरी रम ८८ बोतल र सगुन गोल्ड १५ बोतल बिक्री बरामद गरेको छ । त्यसैगरी, खाली बोतलमा खुकुरी रम २५२ थान, डबल ब्ल्याक १२ थान, गोल्डेन ओक ६० थान, रुस्लान भोड्का ४८ थान र गोल्डेन ओकका ४ हजार बिर्काहरू छन् ।

मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि(पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू बरामद गरिएको अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए ।

रामेछाप, खाँडादेबी गाउँपालिका वडा नं ०२ हाल मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय बिनोद कुमार कार्की,सिन्धुपाल्चोक, चौतारा गाउँपालिका वडा नं ०३ का हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की,सिन्धुली, कमलामाई नगरपालिका वडा नं ०९ का मुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप, मजुवा गाउँपालिका ०३का मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा वडा नं ०६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।

अनुसन्धान कार्यालयबाट खटिएको बिशेष अनुसन्धान टोलीले बुधबारकागेश्वरी मनोहरा नगरपालिका ०५ थलि स्थित भरत थापाको २ तल्ले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गर्दा नक्कली रक्सीहरु बरामद गरेको हो ।

आन्तरिक राजश्वको अन्त शुल्कका नक्कली स्टिक प्रयोग गरि मदिरा विक्री वितरण गर्ने घिमिरेले जानकारी दिए । गिरोहले स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरू बजार भाउभन्दा सस्तोमा विक्री गर्ने गरेको उनले जानकारी दिए ।

पटक-पटक मदिरा नक्कली मदिरा बिक्री वितरण गरेको आरोप लागेका व्यक्तिहरू सहभागी भएको उनले जानकारी दिए । बिनोद कार्की दुई पटक सम्म फरार रहेका थिए तेस्रो पटकमा उनलाई पक्राउ गरिएको उनले बताए ।

काठमाडौँका विभिन्न पार्टी प्यालेस तथा रेष्टुरेण्टमा बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको घिमिरेको भनाइ छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np