Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

संसद्‍मा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियो : महासचिव चन्द

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।​

समाजवादी मोर्चाको सभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले आफूलाई संसदमा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताएका हुन् । उनले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने जिकिर गरे । उनले आउँदो दशक नेपालको समाजवादी आन्दोलनको विजय दशक बनाउने गरी समाजवादी मोर्चामा छलफल भइरहेको बताए ।

चन्दले जबरजस्त विश्व भूमण्डलीकरण र ध्रुवीकरणको प्रभावमा पार्ने र नेपाली जनताको चाहनाविपरीत अन्तर्राष्ट्रियस्तरको सैन्य मैदान बनाउने षडयन्त्र भइरहेको बताए । उनले नेपाल देशभक्तहरूको रहेको भन्दै नेपाली स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्तिहरू एक हुनुपर्ने बताए ।

उनले देशको स्वाधीनता रक्षा गर्न समाजवादी मोर्चाहरू मिलेर जानुपर्ने भनाइ राखे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np