Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

सरस्वती क्याम्पसमा अनेरास्ववियूको ताला

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सरस्वती बहुमुखी क्याम्पसमा तालबन्दी गरेको छ । विभिन्‍न ७ बुँदे माग राख्दै अनेरास्ववियूले आज तालाबन्दी गरेको हो ।

आय व्ययको विवरण सार्वजनिक गर्नुपर्ने र सोको पारदर्शिता कायम गर्नुपर्ने, प्रशासनिक काम कारबाही छिटो छरितो गर्नुपर्ने र सबै कामहरू अनलाइन प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउने, विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूलाई पुस्तकालयबाट सहज रूपमा कितावहरू उपलब्ध गराउने र क्याम्पसमा बैंकको एक्सटेसन काउन्टर यथाशिघ सञ्चालन गर्नेुपर्ने माग राखेको छ ।

त्यस्तै विद्यार्थीहरूको सहजीकरणको लागि रिसेप्सन कक्षको स्थापना गर्ने, पठनपाठनको लागि कक्षाकोठाहरूको अभाव भएका कारण भौतिक संरचना निर्माण तथा व्यवस्थापन गर्नुपर्ने र स्वतन्त्र विद्यार्थी युनियनको खाता यथाशिघ्र सञ्चालन गर्ने माग राखेर तालाबन्दी गरेको हो ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np