Global Force Media

२०८१ बैशाख १९ - Wed May, 2024 -

शिक्षाको अधिकार प्रदेशलाई नदिएर गुणस्तर खस्कियो : मुख्यमन्त्री यादव

महोत्तरी- मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारको मातहतमा नभएको हुनाले मधेशमा शैक्षिकस्तर खस्केको बताएका छन् ।

आज जनजागृति माध्यमिक विद्यालय बर्दिवासको स्वर्ण जयन्तिको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री यादवले स्थानीय सरकारले नै यसमा ध्यान दिनुपर्ने बताए ।

मधेशको उत्तरपूर्व क्षेत्रमा शैक्षिक गुणस्तर राम्रो रहेता पनि राजनीति खिचातानीले दक्षिण देहातमा सामुदायिक विद्यालयहरू थप खस्किँदै गएको उनको भनाइ छ ।

राजनीति ऐक्यबद्धता रहेमात्र साझा विकास गर्न सकिने मुख्यमन्त्री यादवको भनाइ छ । उनले बर्दिवास नगरपालिकाको लागी प्रदेशास्तरीय गौरवको योजना दिन चाहेको बताएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np