Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बन्यो: ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् । गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएको उनले बताए ।

ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोप समेत लगाए । ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दश वटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको प्रष्ट पारे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np