Global Force Media

२०८१ बैशाख २० - Thu May, 2024 -

सुपर सिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपबाट नेपाल बाहिरिएको छ ।

आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

मंगलबार सम्पन्न सुपर सिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजिल्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६-६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्यूजिल्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शून्य अंक रहेको छ ।

नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिँदा नेपाल अंकविहीन भएको हो ।

अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भएपनि सेमिफाइनल पुग्न असफल हुने छ । योसँगै नेपाल सुपर सिक्सका २ खेल खेलेर घर फर्किने भएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np