Global Force Media

२०८१ बैशाख १६ - Sun Apr, 2024 -

कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारीका लागि प्रण गर्न जरुरी छ: सभामुख घिमि

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको बताएका छन् । सोमबारदेखि सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले राष्ट्रका साझा मुद्दाहरूमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले एकतालाई निरन्तरता दिनु पर्ने पनि बताएका छन् ।

सभामुख घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसदप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जाने बताए । लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने उल्लेख गर्दै जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरे ।

उनले भने– ‘विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महसुस गरेको छु । ऐन निर्माणमा सङ्ख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएका छन् ।’

उनले संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धतामा जोड दिएका छन् ।  संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्न लागेको बताउँदै संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्य तालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणी समेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सभामुखले बताएका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np