Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

पुटिनसँग प्रत्यक्ष वार्ता गर्न जेलेन्स्की तयार, भने-टर्कीमा कुर्नेछु

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् । उनले वार्ताको लागि आफू बिहीबार टर्कीको इस्तानबुलमा पुटिनको पर्खाइमा बस्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तुरुन्तै टर्कीमा रूससँग प्रत्यक्ष वार्तामा जान आग्रह गरेलगत्तै जेलेन्स्कीले यो प्रस्ताव आफ्नो सामाजिक सञ्जाल एक्सको एक पोस्टबाट सार्वजनिक गरेका हुन् ।

जेलेन्स्कीले लेखेका छन्, ‘अब थप ज्यान गुमाउनुको कुनै अर्थ छैन। म बिहीबार पुटिनलाई टर्कीमा व्यक्तिगत रूपमा भेट्न तयार छु।’

जेलेन्स्कीले यसअघि युक्रेन वार्ताको लागि तयार रहेको स्पष्ट पारिसकेका छन् । उनले त्यसका लागि पूर्ण युद्धविराम पूर्वशर्त रहेको बताउँदै आएका छन् ।

पुटिनसँग प्रत्यक्ष वार्ताको यो प्रस्ताव ट्रम्पको प्रतिक्रियापछि आएको हो। ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘कम्तीमा शान्ति सम्झौता सम्भव छ कि छैन भन्ने त थाहा हुन्छ । यदि छैन भने अमेरिका र युरोपेली देशहरूले अब के गर्ने भनेर निर्णय गर्न सक्छन्। अहिल्यै वार्ता गर।’

शनिबार राति रूसी राष्ट्रपति पुटिनले पनि युक्रेनलाई ‘गम्भीर वार्ता’ को लागि आमन्त्रण गरेका थिए।

रूस–युक्रेन युद्ध सन् २०२२ मा सुरु भएको हो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np