Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

नुवाकोट फुटबल संघले गर्‍यो ६ खेलाडीलाई कारबाही

काठमाडौँ- नुवाकोट फुटबल संघले ६ जना खेलाडीलाई कारबाही गरेको छ । विदुर मेयर कपको आइतबार भएको फाइनल खेलमा रेफ्री विज्ञान श्रेष्ठमाथि हातपात गर्ने ६ जना खेलाडीलाई संघले कारबाही गरेको हो ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निर्णायकहरूमाथि हातपात तथा अभद्र व्यवहार गर्ने खेलाडीहरूलाई संघले आयोजना गर्ने कुनै पनि कार्यक्रम, सेमिनार, गोष्ठी, अन्य जिल्ला, संस्था क्लब, गाउँपालिकालगायतले आयोजना गर्ने प्रतियोगितामा समेत प्रतिबन्ध लगाउने गरी कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ ।

कारबाहीमा पर्ने खेलाडीहरूमा विकास लामिछाने, सन्तोष भुजेल, निराजन थापा मगर, मनिष प्याकुरेल, राजाराम चित्रकार, प्रवेश श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np