Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुखसमक्ष पेश

निर्वाचन आयोगले आज शनिबार मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेस भएको छ । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका अनुसार बागमती सहित अन्य ६ वटै प्रदेशका प्रदेश प्रमुखहरू समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिएको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले शनिबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालय हेटौँडा–१०मा प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण सहितको प्रतिवेदन पेस गरेको छ । आयोगले तयार पारेको प्रतिवेदन अनुसार गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेश प्रमुख शर्माले आयोगको प्रतिवेदन बुझेसँगै बागमती प्रदेशसभाको औपचारिक कार्यक्रम र सरकार निर्माणको बाटो खुल्ला भएको छ ।

बागमती प्रदेशको प्रदेशसभातर्फ ११० जना निर्वाचित सदस्य मध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बागमती प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएको मध्ये  प्रत्यक्षतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

उक्त प्रतिवेदनमा प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कूल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए । प्रत्यक्ष तर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएकोमा ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको थियो । त्यस्तै समानुपातिक निर्वाचनमा २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएकोमा १ लाख २५ हजार ६३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो ।

बागमती प्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कूल ४८४ जनाको धरौटी जफत भएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np