Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

त्रिवि उपकुलपति नियुक्तिका लागि प्रस्तुतीकरण सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सर्टलिष्टमा परेकाहरूको प्रस्तुतीकरणको कार्य सुरु भएको छ । शिक्षा मन्त्रालयमा रहेको उपकुलपति सिफारिस तथा छनोट समितिको सचिवालयमा प्रस्तुतीकरणको कार्य सुरु भएको हो ।

समितिका दुई जना सदस्य र दुई जना विज्ञहरूले प्रस्तुतीकरणको कार्य गरिरहेको समिति सचिवालयले जनाएको छ । आज पहिलो दिन चार जनाको सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको प्रस्तुतीकरणमा प्रत्येक उम्मेदवारलाई आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि आधा घण्टाको समय छुट्टाइएको छ ।

पहिलो दिन कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकीको प्रस्तुतीकरणको कार्य भएको छ ।   मन्त्रालयका उपसचिव तेजराज प्रसाईले २ जना विज्ञहरू र समितिका सदस्य शिक्षा सचिव सुरेश अधिकारी र अर्का सदस्य चन्द्रकला घिमिरेको उपस्थितिमा प्रस्तुतीकरणको कार्य भइरहेको बताए ।

भोलि फागुन १ गते थप ५ जनाको प्रस्तुतीकरण हुनेछ भने पर्सी फागुन २ गते ४ जनाको गरी सर्टलिष्टमा परेका १४ जनाको नै प्रस्तुतीकरणको कार्य सकिनेछ । प्रस्तुतीकरणको कार्य सकिएपछि अन्तर्वार्ता हुनेछ र समितिले बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिका लागि कुलपतिसमक्ष पेश गर्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np