Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

महासमिति बैठकमा पार्टी रुपान्तरणका लागि छुट्टै प्रस्ताव पेस गर्छौ : नेता सुनिल शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महासमिति सदस्य एवं सांसद सुनिल शर्माले आगामी महासमिति बैठकमा पार्टी रुपान्तरणका लागि छुट्टै प्रस्ताव पेस गर्ने जानकारी दिएका छन् ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसको नेतृत्वमा जनमुखी र जनताप्रति उत्तरदायी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्नेसहितका बिषय समेटिएको छुट्टै प्रस्ताव पेस गर्ने जानकारी दिएका हुन् ।

उनको प्रस्तावमा भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्यसंयन्त्र र समिति व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा तथा मुलुकका वर्तमानका समस्या समाधान गर्न कांग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी रहेको बताएका छन् । कांग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्व जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्न नहुने उनले उल्लेख गरेका छन् । भने, अप्राकृतिक गठबन्धनका कारण नेपाली कांग्रेस अहिले जनताप्रतिको जिम्मेवारीबाट विमुख भइराखेको भनेर जनताले प्रश्न उठाइरहेको उनले बताए ।

उनले वडादेखि केन्द्रसम्मको सभापति र दुईतिहाई पदाधिकारी निर्वाचित गर्ने र एक तिहाई पदाधिकारी सभापतिले मनोनीत गरी समिति बनाउने व्यवस्था गर्नुपर्ने र सभापतिले समितिभित्रै अल्पमतमा परेर काम गर्न नसक्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गरि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने वैधानिक व्यवस्था गर्ने, पार्टीका सबै तहमा २० प्रतिशत समाजका विभिन्न क्षेत्रका विज्ञ, लब्धप्रतिष्ठित व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने उनको प्रस्ताव छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np