Global Force Media

२०८१ मंसिर २८ - Fri Dec, 2024 -

प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

महामन्त्री गगन थापाले महासमिति बैठकमा पेश गर्ने सांगठनिक प्रतिवेदनमा सहमति जुट्न नसकेपछि देउवाले शीर्ष तहका नेतालाई छलफलका लागि डाकेका हुन् । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले शीर्ष तहका नेताको बैठक डाकेको जानकारी दिए ।

देउवा निवास बुढानिलकण्ठमा ५ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रतिवेदनका विषयमा छलफल गर्न बैठक डाकिएको विश्वकर्माले जानकारी गराए ।

चुनावी गठबन्धन गर्न नहुने गरी थापाले सांगठनिक प्रतिवेदन तयार गरेपछि त्यसको विरोधमा संस्थापन पक्ष देखिएको छ । गठबन्धन गर्ने/नगर्ने तत्कालीन अवस्थामा निर्भर हुने भन्दै महामन्त्री थापाले प्रतिवेदनमा समावेश गरेको उक्त प्रसंग हटाउनुपर्ने संस्थापन पक्षको माग छ । महामन्त्री चुनाव अघिको गठबन्धन नगर्ने संकल्प प्रस्ताव बैठकबाट पारित गर्ने गरी प्रतिवेदन तयार गरेका छन् ।

सहमति जुटाउनका लागि शनिबार देखि पटक पटक छलफल भएको थियो । आइतबार विहान भएको सभापति देउवा र गगनको छलफलमा पनि सहमति नजुटेपछि पुन बैठक बोलाइएको हो । मंगलबार विहान प्रस्तुत हुने प्रतिवेदनमा हालसम्म सहमति जुट्न नसकेपछि नेताहरु छलफलमा बस्न उद्धघाट्न सत्र छोट्याइएको थियो ।

बैठकमा पदाधिकारीमा सभापति देउवा, उपसभापति धनराज गुरुङ र महालक्ष्मी उपाध्याय ‘डिना’ ले मात्रै धारणा राखे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np