Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

टीआरसी विधेयक ५ दिन भित्रमा सदनमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने दाबी गरेका छन् ।

शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर विधेयक संसदमा पेश हुने दाबी गरे ।

यो विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने उनले बताए । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया पूरै टुंग्याएपछि जनयुद्ध दिवस पुनः मनाइने र बिदा दिइने दाबी गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np