Global Force Media

२०८१ बैशाख २४ - Mon May, 2024 -

माधव नेपाललाई नयाँ सत्ता गठबन्धनमा सहभागी हुन प्रचण्ड र ओलीको आग्रह

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सत्ता समीकरणमा सहभागी हुन एकीकृत समाजवादीलाई आग्रह गरेका छन् ।

ओली र दाहालले मंगलबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका हुन् । उनीहरू नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

सोमबार प्रधानमन्त्री दाहालले एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । हिजै बेलुका प्रधानमन्त्री दाहालले कोटेश्वर पुगी नेता नेपाललाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np