Global Force Media

२०८१ बैशाख १७ - Mon Apr, 2024 -

२०८० को उत्कृष्ट साहासी महिलामा वरिष्ठ समाजसेवी सावित्री अधिकारी सम्मानित

काठमाडौँ।  ११४ औ  अन्तराष्ट्रिय  श्रमिक  महिला दिवसको अवसर पारेर काठमाडौँको राष्ट्रिय सभागृह, प्रद्रशनी मार्गमा फाल्गुन २४ गते  महिला हिंसा  तथा चेलीबेट बेचबिखनका बिरुद्दमा निर्मित संदेश मुलक लघुनाटक “चेतना” को विशेष प्रदर्शनी एवम नारि सम्मान बृहत सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ।


उक्त कार्यक्रममा प्रमुख अतिथिमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका  बरिष्ठ नेता झलनाथ  खनाल को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।  साथै उक्त कार्यक्रममा नेपाल सरकारको संघीय मामिला तथा उपसभामुख इन्दिरा राना मगरको विशिष्ट अतिथि र विभिन्न साम्सदहरु, अतिथिको रुपमा उपस्थिति हुनु भएको थियो।

कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै सांस्कृतीक कार्यक्रमहरु पनि समावेश गरिएको थियो।  विशेष गरि महिलाहरु त्यसमा पनि समाजमा छुट्टै व्यक्तिव र पहिचान निर्माण गरेका सामाजिक व्यक्तिवहरुलाई पुर्वप्रधानमन्त्री  झलनाथ  खनालद्वारा   सम्मानित गरिएको थियो।    त्यसै क्रममा बरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारि पनि सम्मानित हुनुभएको छ।

सावित्री अधिकारीले देश र जनता प्रति उत्तरदायी  बन्दै  देश तथा विदेशमा अलपत्र परेका नागरिक तथा विदेशी भूमिमा अनाहकमा ज्यान गुमाएका नेपालिहरुको शव नेपालसम्म झिकाई परिवारको जिम्मा लगाउने काम गर्नुका साथै देशमा संकटको परिस्थितिमा चाहे त्यो भुकम्प होस् या बाढी पहिरो लगायतका त्यस्ता पिडित तथा समस्यामा परेका नागरिकहरुलाई उदार गर्ने काम मा अहोरात्र खटिरहेकी बरिष्ठ समाज सेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारिलाई बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता साहसी महिलाको रुपमा सम्मानित गरिएको थियो।त्यसका साथ् साथै उपसभामुख इन्दिरा  रानामगर पनि सम्मानित हुनुभएको छ।

कार्यक्रममा सम्मानित   हुने ३० जना महिलाहरु त्यसमा पनि विभिन्न विधाहरुबाट  महिलाहरुलाई समानित गरि थप हौसला र उर्जा प्रदान गरिएको थियो।  कार्यक्रमको आयोजना भने चन्द्रलोक प्रतिष्ठानले गरेको  हो।  चन्द्रलोक प्रतिष्ठानले पछिल्लो समय विभिन्न समाजमा भएका घटना अथवा समसामयिक विषय वस्तुहरुलाई समेट्दै जनचेतनामुलक कार्यक्रम गर्दै आएको  प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले बताउनु भयो।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np